कुशल र आरिफको अर्धशतकमा पपुवा न्यूगिनीमाथि नेपालको सहज जित-Sutra News

कुशल र आरिफको अर्धशतकमा पपुवा न्यूगिनीमाथि नेपालको सहज जित

मंगलबार, ८ चैत्र २०७८

मंगलबार, ८ चैत्र २०७८

आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीमाथि सहज जित हात पारेको छ ।



संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पपुवा न्यूगिनीमाथि नेपालले ७ विकेटको जित हात पारेको हो । पपुवा न्यूगिनीले जितका लागि दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकिय इंनिग्स खेले । भुर्तेलले ६४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन र शेखले १०२ बलमा ४ चौकाको ५९ मद्दतमा रन बनाए । रोहितकुमार पौडेलले नट आउट रहँदै ४४ रनको योगदान गरे । अर्का ओपनर आसिफ शेखले २ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्यमै आउट भए ।

बलिङतर्फ पपुवा न्यूगिनीका चार्ल्स अमिनीले दुई विकेट लिँदा काबुआ मोरियाको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।  पपुवा न्युगिनीका लागि कप्तान असद वालाले ४५ रनको योगदान गरे । ओपनरद्वय टोनी उरा र लेगा सियाकाले क्रमश:  ६ र २० रनको योगदान गरे ।

चार्ल्स अमिनीले १३, रिले हेकुरेले १, सेसे बाउले १९, नर्मन भानुआले १८, साइमन अताईले २, चाड सोपरले २२, काबुआ मोरियाले १७ रन बनाए ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले दुई/दुई विकेट लिएका छन् । करन केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सरार्फले समान एक/एक विकेट लिएका छन् ।

नेपाली टोली-
सन्दीप लामिछाने (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल र सोमपाल कामी ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट