एमाले उपाध्यक्ष पौडेल साताव्यापी चीन भ्रमणमा-Sutra News

एमाले उपाध्यक्ष पौडेल साताव्यापी चीन भ्रमणमा

सोमबार, ७ चैत्र २०७८

सोमबार, ७ चैत्र २०७८

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ ।



चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् । एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट