ओलीले देखेको समृद्धिको सपना पचाउन नसकेर दुई तिहाइको सरकार ढल्योः पोखरेल-Sutra News

ओलीले देखेको समृद्धिको सपना पचाउन नसकेर दुई तिहाइको सरकार ढल्योः पोखरेल

आइतबार, ६ चैत्र २०७८

आइतबार, ६ चैत्र २०७८

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरका देखापरेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय अगुवा कार्यक्रता भेला कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताएका हुन् ।



दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले देखेको समृद्धिको सपना पचाउन नसकेका कारण दुई तिहाइको सरकार ढालेर कांग्रेसको सरकार बनाउने माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड अवसरवादी भएको बताए । ‘देशमा अपराध पूर्ण काम भएको छ । यसको छिनोफानो हुने आवश्यक रहेको छ । राष्ट्रिय राजनीति दुई ध्रुवमा केन्द्रमा रहेको छ । एउटा एमाले हो । यो मुलुक बनाउने पार्टी भनेको एमाले हो,’ उनले भने ।

नेपालमा राष्ट्रियताको कुरा गर्ने भारतसँग हिमचिम गर्ने काम प्रचण्डले गरे उनले बताए । ‘ओलीले त भारत हाम्रो छिमेकी मुलुक हो भन्नुभयो । छिमेकीसँग चीनसँग पनि त्यही कुरा गर्नुभयो,’ उनले भने,‘भारतको अतिक्रमण गरेको कालापानी लिपुलेक नेपालमा संविधान संशोधन गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट