एमालेको नवलपुर–काठमाडौं सम्पर्क मञ्चको कार्यसमितिले लियो सपथ-Sutra News

एमालेको नवलपुर–काठमाडौं सम्पर्क मञ्चको कार्यसमितिले लियो सपथ

आइतबार, ६ चैत्र २०७८

आइतबार, ६ चैत्र २०७८

नेकपा (एमाले) नवलपुर काठमाडौं सम्पर्क मञ्चका पदाधिकारी एवं सदस्यहरुले सपथ ग्रहण गरेका छन् । फागुन २४ गते सम्पन्न सम्पर्क मञ्चको अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले चैत्र ५ गते सपथ ग्रहण गरेको हो ।



१२औं अधिवेशनबाट आएको कार्यसमितिले पूर्व मन्त्री माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा हार्दिक होटल बागबजारमा सपथ ग्रहण गराउनुका साथै बधाई तथा शुभकामना दिइएको थियो ।

सम्मेलनबाट सर्वसम्वत निर्वाचित कमिटीका अध्यक्ष पुन्य प्रसाद पाण्डे सहित उपाध्यक्ष बिनिता काफ्ले र कृष्ण न्यौपाने सचिव नवीन श्रेष्ठ, सहसचिव इन्द्र काफ्ले र डा. मीना भट्ट र कोषाध्यक्ष गणेश प्रसाद अधिकारी सहित १९ सदस्यीय कमिटीले सपथ लिएको थियो ।

प्रमुख अतिथि पण्डितले नयाँ कार्यसमितिलाई सपथ खुवाउँदै सफल कार्यकालको शभकामना व्यक्त गर्दै आगामी स्थानीय निर्वाचन केन्द्रीत हुन निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट