अमेरिकी कार्गो विमान अवतरण हुँदा काठमाडौंमा तरंग-Sutra News

अमेरिकी कार्गो विमान अवतरण हुँदा काठमाडौंमा तरंग

शुक्रबार, ४ चैत्र २०७८

शुक्रबार, ४ चैत्र २०७८

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि तरंग पैदा भएको छ । जहाज विमानस्थलमा अवतरणलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो शेयर भएपछि तरंग पैदा भएको हो ।



विमानले अमेरिकी कूटनीतिज्ञ र कूटनीतिक निकायका सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो । विमानले यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको थियो । अहिले सामाजिक संजालमा तस्वीर सार्वजनिक भएपछि सवत्र्र चासो देखिएको मात्रै हो ।

शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको विमानस्थल स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट