सेलपेले ल्यायो अकर्षक अफरः ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’-Sutra News

सेलपेले ल्यायो अकर्षक अफरः ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’

मंगलबार, १ चैत्र २०७८

मंगलबार, १ चैत्र २०७८

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले नयाँ बर्ष २०७९ को अवसर पारेर सेलपे सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । सेलपेले आफ्ना प्रयोगकर्ताहरुलाई लक्षित गर्दै ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ योजना अन्तर्गत आकर्षक अफर ल्याएको हो ।



सेलपेले ल्याएको अफरमा प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्ने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत सेलपेका प्रयोगकर्ताहरूले टप–अपमा ६% क्यासब्याक, फोनपे क्यूआर भुक्तानीहरूमा १०५ (रु.१०० को क्याप सहित) छुट, एयरलाइन्स टिकट खरीदमा रु.१२०० सम्म छुट र बस टिकट खरीदमा १०% छुट रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट