जसपाको चुनाव केन्द्रीत निर्णयः एक पालिका, एक केन्द्रीय सदस्यको जिम्मेवारी-Sutra News

जसपाको चुनाव केन्द्रीत निर्णयः एक पालिका, एक केन्द्रीय सदस्यको जिम्मेवारी

सोमबार, ३० फाल्गुन २०७८

सोमबार, ३० फाल्गुन २०७८

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले स्थानीय चुनावलाई लक्षित गर्दै चुनावी अभियानलाई अघि बढाउने भएको छ ।



जारी केन्द्रीय समितिको बैठकले एक पालिकामा एक केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय सदस्य नपुगेका स्थानीय तहमा भने जसपाले संघीय परिषद् सदस्यलाई खटाउने निर्णय पनि गरेको छ ।

जसपामा कुल ४९९ जना केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय सदस्यले स्थानीयतहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारलाई जिताउन पालिका स्तरमा भूमिका खेल्ने बताइएको छ ।

जारी बैठकमा केन्द्रीय सदस्यको नाम प्रस्ताव भएको छ । बैठकमा स्थानीयतह निर्वाचन, समसामायिक अवस्था, सांगठनिक संरचना, विधान अधिवेशन र विविधि विषय भनेर ५ एजेण्ड तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट