निर्माण व्यवसायी महासंघमा सिंह पुनः अध्यक्षमा निर्वाचित-Sutra News

निर्माण व्यवसायी महासंघमा सिंह पुनः अध्यक्षमा निर्वाचित

सोमबार, ३० फाल्गुन २०७८

सोमबार, ३० फाल्गुन २०७८

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित भएका छन् । यसअघि अध्यक्ष रहेका सिंह सोमबार बिहान सार्वजनिक मत परिणामअनुसार दोस्रो कार्यकालका लागि फेरी निर्वाचित भएका हुन्।



सिंहका साथै निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइराला अध्यक्षको प्रतिस्पर्धामा थिए । सिंहले ७६५ मत पाउदा पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे ।

त्यस्तै, संघको वरिष्ठ उपाध्यक्ष र महासचिवसमेत सिंह प्यानलबाटै चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा तथा महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । दाहाल निवर्तमान महासचिव पनि हुन् ।

संघको प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।

उपमहासचिव (नीतिगत)मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक)मा नरहरि थपलिया विजयी भए । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्ष सन्तोष शाह विजयी बने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट