प्रचण्‍डसँग चिनियाँ राजदूत यान्छीले भेटिन्, के भयो कुराकानी ?-Sutra News

प्रचण्‍डसँग चिनियाँ राजदूत यान्छीले भेटिन्, के भयो कुराकानी ?

बुधबार, २५ फाल्गुन २०७८

बुधबार, २५ फाल्गुन २०७८

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’सँग भेट गरेकी छन् । राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन् ।



भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका बारेमा जानकारी गराएको स्रोतले बताएको छ ।

राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर अध्यक्ष दाहालसँग चासो राखेकी थिइन् । भेटका क्रममा आसन्न स्थानीय तहको निर्वाचन, नेपाल-चीन सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ ।

उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको स्रोतको दावी छ । पछिल्लो समय राजदूत यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट