प्रधानमन्त्री देउवा ‘अर्ली इलेक्सन’ का लागि तयार भएनन्ः प्रचण्ड-Sutra News

प्रधानमन्त्री देउवा ‘अर्ली इलेक्सन’ का लागि तयार भएनन्ः प्रचण्ड

मंगलबार, २४ फाल्गुन २०७८

मंगलबार, २४ फाल्गुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्ली इलेक्सन’ गर्ने सवालमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनिच्छुक रहेको बताएका छन् । हिजो सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री देउवा अर्ली इलेक्सनका लागि तयार नभएको बताएका हुन् ।



अर्ली इलेक्सनको निम्ति माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पहल गरे पनि प्रधानमन्त्रीले कुनै चासो नदेखाएको प्रचण्डले दावी गरे । उनले भने– ‘‘नेकपा एमालेले संसद चल्न नदिएकाले संसद विघटन गरेर अर्ली इलेक्सनमा जान माधव नेपालले प्रस्ताव गर्नुभएको थियो । तर संसद भंग गरेर अर्ली इलेक्सन गर्न प्रधानमन्त्री देउवा तयार हुनुभएन ।’

एमालेले गत साउनदेखि नै संसद बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छानबिन गर्न गठित सिफारिश समितिमा एमालेले चार जनाको नाम दिए पनि पछि संसद बैठक अवरुद्ध गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट