राप्रपाका नेता गणेश शेरचनको निधन-Sutra News

राप्रपाका नेता गणेश शेरचनको निधन

आइतबार, २२ फाल्गुन २०७८

आइतबार, २२ फाल्गुन २०७८

राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।



मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।

शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट