रुसी प्याराट्रुप्स खारकिभमा उत्रिए, आक्रमण तिव्र पार्दै-Sutra News

रुसी प्याराट्रुप्स खारकिभमा उत्रिए, आक्रमण तिव्र पार्दै

बुधबार, १८ फाल्गुन २०७८

बुधबार, १८ फाल्गुन २०७८

रुसी सेना युक्रेनी सहर खारकिभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो सहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौं सर्वसाधारण मारिएका छन् । दक्षिणको सानो सहर खेरसन पनि रुसी फौजको हातमा परेको छ ।



युक्रेनको सेनाले रुसी प्याराट्रुपर्स खारकिभमा उत्रिएको पुष्टि गरेका छन् । यो शहर पहिले नै रुसी सेनाले घेरेर राखेको छ । युक्रेनी सेनाका अनुसार खारकिभ र यस आसपासको इलाकामा एयर रेड सायरन्सपछि हवाई हमला सुरु गरेका छन् ।

यो बयानमा बताइए अनुसार रुसी सैनिकले क्षेत्रीय सैन्य अस्पतालमा हमला गरेका छन् र लडाईं जारी छ । यो शहरमा धेरैजसो रुसी भाषा बोलिन्छ र पछिल्ला दिनमा युक्रेनमा सबैभन्दा बढी हिंसा खारकिएभमा नै देखिन्छ ।

मंगलबार एक सरकारी भवनमा मिसाइल हमला भएको थियो जसमा कार र आसपासका भवनलाई क्षती पुगेको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी हवाई क्षेत्रमा उडानमा रोक लगाएको छ । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘पुटिनले ट्यांकमार्फत किभलाई घेरा हाल्न सक्छन् तर, उनले युक्रेनी जनताको मुटु र आत्म कहिल्यै प्राप्त गर्ने छैनन् । ’

बोइङ र एक्सनमोविलले रुससँगको सम्बन्ध तोडेका छन् । रुससँग सम्बन्ध तोड्ने यी दुई पछिल्ला कम्पनी हुन् । रुसी हमलामा ६ लाखभन्दा बढी मानिसहरुले युक्रेन छोडेर गएको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट