पशुपतिमा बागमती पुल भत्कियो, घाइतेलाई उपचार गर्न लगिंदै-Sutra News

पशुपतिमा बागमती पुल भत्कियो, घाइतेलाई उपचार गर्न लगिंदै

मंगलबार, १७ फाल्गुन २०७८

मंगलबार, १७ फाल्गुन २०७८

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा घुम्न जानेहरूको अत्यधिक भार थेग्न नसक्दा बागमती नदीको पुल भत्किएको छ ।



पशुपति मन्दिरबाट पारी जान बनाइएको  पुरानो २ पुलमध्ये पुल नम्बर १ को साइडको पर्खाल भत्किएको हो ।

घटनामा दुई जनालाई चोट पुगेको छ ।  एकको अवस्था सामान्य छ भने अर्का एक जना अर्धचेत अवस्थामा रहेका छन् ।

उनीहरुलाई उपचारको लागि लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट