एमसीसी अनुमोदनले माओवादीमा अशान्ति: नारायणकाजी र प्रचण्डबीच दोहोरी-Sutra News

एमसीसी अनुमोदनले माओवादीमा अशान्ति: नारायणकाजी र प्रचण्डबीच दोहोरी

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी हिजो आइतबार संसदबाट पारित भयो । अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा व्याख्यात्मक रुपमा पेस गरेसंगै एमसीसी ध्वनी मतका साथ् पारित भएको हो ।



एमसीसीको विषयलाई लिएर माओवादीमा प्रष्टरुपमा दुई धार देख्न सकिन्थ्यो । नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकेसम्म संशोधन गरेर एमसीसी पास गरिहाल्नुपर्ने पक्षमा देखिएका थिए भने माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ भने सो पक्षमा देखिएका थिएनन् ।

दुई नेताहरुबीच भएको सो मतभेदका कारण माओवादीमा हिजो थोरै तरंग मच्चिएको थियो । तर आज भने केही हदसम्म सतहमा आएको छ ।

एमसीसी पास गरेको भोलिपल्ट (आज) प्रचण्डले सम्बोधन गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बचेको बताएका थिए ।

सोमबार खुलमटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेपछि एमसीसी पारित गर्न सहमति जनाएको भन्दै मुलुक दुर्घटनाबाट बचेको बताएका हुन्  ।

उनले नारायणकाजी श्रेष्ठलाई संकेत गर्दै पार्टी छोडेर गएपनि आफूहरुले नरोक्ने प्रष्ट पारेका छन् ।

उनले वामदेव जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणीसमेत गरेका हुन् ।

सम्बोधन गर्दै उनले भने, ‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको हो ।’

एमसीसीपछि के थियो श्रेष्ठको प्रतिक्रिया ?

नेता श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेपछि नारायणकाजीले आइतवार साँझ नै नारायणकाजीले तीव्र असन्तुष्टि जनाएका थिए ।

उनले एमसीसीको नाममा माओवादीले भ्रमात्मक कुरा फैलाएको आरोपसमेत लगाएका थिए ।

‘अन्तत: व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे, यसलाई सबैले कालो दिनका रुपमा लिनेछन् ।’ उनले भनेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट