संसद भवन अगाडि शंकास्पद वस्तु, डिस्पोज गर्ने तयारी-Sutra News

संसद भवन अगाडि शंकास्पद वस्तु, डिस्पोज गर्ने तयारी

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ । भवनको दक्षिण गेट अगाडि सडकमा नो एमसिसी लेखेको प्रेसर कुकर शंकास्पद वस्तु भएकाले बमको आशंका गरिएको छ ।



काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि प्रेसरकुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए ।

अमेरिकी सहायता परियोजना एमसिसी पारित भएको विरोधमा विभिन्न राजनीतिक पार्टीले आह्वान गरेको बन्दका क्रममा सो वस्तु फेला परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट