कमल थापाले मनोनयन गरे कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री-Sutra News

कमल थापाले मनोनयन गरे कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री

आइतबार, १५ फाल्गुन २०७८

आइतबार, १५ फाल्गुन २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन् ।



अध्यक्ष थापाले आइतबार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्त मानसिंह अधिकारी र सुरेश आचार्य तथा सहमहामन्त्रीहरुमा हिक्मत ढकाल, तेज कुरुङवाङ र आइतराम तामाङलाई मनोनयन गरेका हुन् ।

अध्यक्ष थापाले पार्टीको विधानबमोजिम पदाधिकारी नियुक्त गरेको प्रवक्ता बसन्त मानसिंह अधिकारीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट