एमसीसी परियोजना संसदबाट पास हुन्छः मन्त्री चौधरी-Sutra News

एमसीसी परियोजना संसदबाट पास हुन्छः मन्त्री चौधरी

शुक्रबार, १३ फाल्गुन २०७८

शुक्रबार, १३ फाल्गुन २०७८

संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।



प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमसीसीबारे सिर्जना भ्रम सत्य नभएको बताउँदै राष्ट्रको हितमा भएको जनाए ।

सरकारले मुलुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी पनि गरिबी निवारणका लागि ल्याइएको परियोजना भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको र नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने विषयमा उनले लोकतन्त्रमा सबै विकल्प सम्भव हुने जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट