एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चको अधिवेशन शनिबार हुँदै-Sutra News

एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चको अधिवेशन शनिबार हुँदै

बिहिबार, १२ फाल्गुन २०७८

बिहिबार, १२ फाल्गुन २०७८

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चको १२औं अधिवेशन यहि फागुन १४ गते शनिबार हुने भएको छ । सम्पूर्ण तयारी सकिएको र अधिवेशन काठमाडौं बागबजारस्थित होटल हार्दिकमा हुने मञ्चले उल्लेख गरेको छ ।



चितवन घर भई २०४९/५० सालदेखि काठमाडौंमा ब्यापार, ब्यवसाय, जागिरको शिलशिलामा रहेका सम्पूर्ण कमरेड हरुको उल्लेखनिय सहभागिता रहने सम्पर्क मञ्चका अध्यक्ष धर्मराज पौडेलले जानकारी दिए ।

‘चितवन जिल्ला अन्य सम्पर्क मञ्च भन्दा अलिक फरक पृष्‍ठभुमी भएको हुँदा पार्टी नेताहरुले पनि बिशेष महत्वकोसाथ लिने गरेको मञ्चका स्थायी कमिटी सदस्य प्रकाश पाठकले बताए । उनले भने– ‘अधिवेशनको उद्घाटन सत्रमा पार्टीका विभिन्न तहमा रहेका नेताहरुको उल्लेख्य सहभागिता रहनेछ ।’

अधिबेशनको प्रमुख अतिथ्यता पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्ने मञ्चले जनाएको छ भने विशिष्ट अतिथिहरुमा स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, सीता पौडेल रहनेछन् ।

त्यसैगरी अतिथिहरुमा पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञावली, केन्द्रीय सदस्य जगन्नाथ थपलिया, वालीका गिरी, प्रभा बराल, काठमाडौं सम्पर्क समन्वय समितिका संयोजक श्याम बस्नेतलगायतका नेताहरु रहने मञ्चले जनाएको छ ।

व्यापक प्रचार प्रसारसहित १२ औँ अधिवेशन भव्यताकासाथ सफल पार्न चितवनबाट काठमाडौं आएर विभिन्न पेशाव्यवसायमा संलग्न पार्टीका नेताकार्यकर्तालाई मञ्चले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट