नेप्से ५९ अंकले घट्यो, इन्डेक्स २७ सय तल झर्‍यो-Sutra News

नेप्से ५९ अंकले घट्यो, इन्डेक्स २७ सय तल झर्‍यो

बिहिबार, १२ फाल्गुन २०७८

बिहिबार, १२ फाल्गुन २०७८

बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।



‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकममा भने बुधबारको भन्दा सुधार भएको छ । बुधबार ३ अर्बको कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब नाघ्यो ।

दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको छ ।

बिहीबार धेरै घट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्प्नीहरुको सब इन्डेक्स ३ प्रतिशत भन्दा धेरैले घटेको छ । उता धेरै बढ्नेमा भने हिमालयन जनरल इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । बजार पुरै घट्दा पनि यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट