स्वार्थी गठबन्धनलाई पानीमुनि गए पनि छोडिन्न- केपी ओली-Sutra News

स्वार्थी गठबन्धनलाई पानीमुनि गए पनि छोडिन्न- केपी ओली

शनिबार, ७ फाल्गुन २०७८

शनिबार, ७ फाल्गुन २०७८

काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई पानीमुनि गए पनि नछोड्ने बताएका छन् ।



शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले स्वार्थी गठबन्धनलाई तह लगाउन छिट्टै चुनाव आउन लागेको बताए उनले आगामी चुनावमा आफूले जित्ने पनि दाबी गरेका छन् ।
उनले चुनाव लोकतन्त्रको राम्रो पक्ष भएको बताए ।

ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताए ।

शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट