३ दलको छलफलपछि प्रचण्डले भने– गठबन्धन बचाउनेमा नै जोड छ-Sutra News

३ दलको छलफलपछि प्रचण्डले भने– गठबन्धन बचाउनेमा नै जोड छ

बिहिबार, ५ फाल्गुन २०७८

बिहिबार, ५ फाल्गुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् ।



बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।

उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई कसरी निकास दिने भनेर छलफल भएको बताए ।

तीन दलबीच साझा धारणा बन्यो भन्ने प्रश्नमा उनले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौं । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने छ ।’

बिहीबार साँझ बस्ने पाँच दलको बैठकले एउटा निकास निकाल्ने उनले बताए । प्रचण्डले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट