शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित, अर्को बैठक ६ गते-Sutra News

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित, अर्को बैठक ६ गते

बुधबार, ४ फाल्गुन २०७८

बुधबार, ४ फाल्गुन २०७८

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।



नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा। दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट