रेलमार्गमा गुणस्तरहिन समाग्रीको प्रयोग, समान्य झरीमै भत्कियो ड्याम-Sutra News

रेलमार्गमा गुणस्तरहिन समाग्रीको प्रयोग, समान्य झरीमै भत्कियो ड्याम

सोमबार, २ फाल्गुन २०७८

सोमबार, २ फाल्गुन २०७८

रौतहट । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८मा निर्माण भइरहेको रेलमार्गमा गुणस्तरहिन समान प्रयोग भएको पाइएको छ ।



रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले निर्माण गरिरहेको रेलमार्गमा प्रयोग भएको ग्राभेलमा माटो नै माटो मिसिएको छ । जसको कारण समान्य हिउदे पानीले समेत अहिले नै सो मार्ग भत्काएको छ ।

लामा गोल्ड नगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दायाँ बायाँ रेलमार्ग निर्माणको जिम्मा लिएर काम गदै आएको छ ।

रेलमार्ग निर्माण गर्दा मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरको स्तरमा रोलिङ्ग गर्नु पर्ने लागत ईस्टिमेटमा रहेको छ । तर, निमार्ण कम्पनीले सो रेलमार्गमा माटो नै माटो प्रयोग गरेको प्रष्ट देख्न सकिन्छ । अनुगमन गर्ने निकाय नै मौन रहेको कारण ठेकेदार कम्पनीले मनपरी तरिकाले काम गरेको पाइएको हो ।

रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना साईटका सब ईन्जिनियर श्याम श्रेष्ठले रेलमार्ग निर्माण कार्यमा लागत ईस्टिमेट अनुरूपको काम गर्न निर्देशन दिएको भएपनि सम्झौता अनुसारको ठेकेदार कम्पनीले काम नगरेको पाइएको स्थानिय सरोकारवाला बताउछन् ।
सो क्षेत्रमा निमार्ण कम्पनीले रेल्वेको माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्ट निर्माण कार्यमा गुणस्तरहिन समान प्रयोग गरेको नेकपा एमालेका जिल्ला सचिब बाल बिक्रम कार्कीले बताए । सरोकारवालाले गम्भीर भएर अनुगमन गर्नुपर्ने सचिब कार्कीको माग छ । सो रेल मार्ग केही दिन अघि आएको समान्य पानीले समेत भत्काइदिएको छ । आजको राजधानी दैनिकमा खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट