सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान-Sutra News

सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

बुधबार, २६ माघ २०७८

बुधबार, २६ माघ २०७८

इलामको सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो ।



नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।

यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ ।

इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजा ७ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट