प्रकाश शरण महतलाई कांग्रेस प्रवक्ताको जिम्मेवारी-Sutra News

प्रकाश शरण महतलाई कांग्रेस प्रवक्ताको जिम्मेवारी

सोमबार, २४ माघ २०७८

सोमबार, २४ माघ २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा प्रकाशशरण महतलाई जिम्मेवारी दिएका छन् ।



१४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका महत पराजित भएका थिए ।

सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । कांग्रेसमा केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ ।

सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । महत यसअघि कांग्रेस सहमहामन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट