सकियो ओली, प्रचण्ड र देउवाको बालुवाटार भेटवार्ता, के भयो छलफल ?-Sutra News

सकियो ओली, प्रचण्ड र देउवाको बालुवाटार भेटवार्ता, के भयो छलफल ?

आइतबार, २३ माघ २०७८

आइतबार, २३ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।



भेटवार्तामा एमसीसीको बारेमा छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकमा देउवाले एमसीसी पारित गर्न सबै सहमत हुनुपर्ने प्रस्ताव राखेका थिए । उनले सदन पनि सुचारु गराउने र एमसीसी पनि पारित गर्ने विषय राखेका थिए ।

यता ओलीले भने त्यसबारे सत्ता पक्षको स्पष्ट अवधारणा आउनुपर्ने बताएका थिए ।

यता एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएपछि देउवा र नेकपा प्रचण्डबीच वार्ता भइसकेको थियो ।

उनीहरुबीच आइतबार बिहान आधा घण्टा गोप्य छलफल भएको थियो ।

मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) को मुख्यालयलाई देउवा-प्रचण्डले यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्ने भन्दै गत असोज १३ गते संयुक्त हस्ताक्षरसहितको पत्र पठाएका थिए।

तर, त्यो पत्र बालुवाटारले आइतवार बिहान सार्वजनिक गरिदिएपछि देउवासँग वार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट