कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउन सिफारिस, माओवादीमा चर्को असन्तुष्टि-Sutra News

कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउन सिफारिस, माओवादीमा चर्को असन्तुष्टि

शुक्रबार, २१ माघ २०७८

शुक्रबार, २१ माघ २०७८

नेकपा माओवादी केन्द्र प्रदेश कमिटीले कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन सिफारिस गरेको छ । माओवादीले गैरसांसद रहेका छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउ सिफारिस गरेको हो ।



जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र कार्चेनलाई मन्त्री बनाउने तयारी गरेको छ । प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेपछि माओवादीमा चर्को असन्तुष्टि देखिएको छ ।

कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सार्वजनिक रुपमा विरोध गरेका छन् । पार्टीका नेताहरुप्रति व्यांग्य गर्दै उनले ‘काँसी जानु कुतिको बाटो नसमाउनु’ भन्ने उखान माओवादीको संसदीय दलमा चरीतार्थ भएको बताए ।

विष्टले प्रदेश सभाका सांसदहरुको भूमिकामा खोट लाउने ठाउँ नभएको भन्दै गैरसांसदलाई मन्त्री बनाउनु उनीहरुको अपमान भएको बताए । उनले भने– ‘यति ठूलो निर्णय लिँदा न त संसदीय दलमा छलफलको एजेण्डा बनाइयो, न दलको नेतालाई अधिकार प्रदान गरियो ।’

कर्णालीका अरु माओवादी सांसदहरुले पनि गैरसांसदलाई मन्त्री बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । तर भोलीका दिनमा पार्टीले स्पेस नदेला की भन्ने डरले सार्वजनिक रुपमा बोल्न नसकेको माओवदीकै एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट