सर्टिङ सुटिङमा ख्याति प्राप्त श्रीराज कलेक्सनको नयाँ शाखा बागबजारमा, सुट सिलाउनेलाई २५ प्रतिशत छुट-Sutra News

सर्टिङ सुटिङमा ख्याति प्राप्त श्रीराज कलेक्सनको नयाँ शाखा बागबजारमा, सुट सिलाउनेलाई २५ प्रतिशत छुट

शुक्रबार, २१ माघ २०७८

शुक्रबार, २१ माघ २०७८

सर्टिङ सुटिङमा ख्याति कमाएको नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा नयाँ शाखा ‘सुट्माला’ संचालनमा ल्याएको छ । यहि माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ । कोरोना महामारीबिच सरकारले तोकेको मापदण्ड पूरा गरेर सिमित व्यक्तिको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।



नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट सिलाउनेलाई २५ प्रतिशत छुट दिईने छ ।

बागबजार सुट हबका लागि सुपरिचित स्थान हो । सुटमाला बागबजारको केएमसी कलेजको ठिक अगाडी अवस्थित छ । सुटमालाले बिभिन्न डिजाइनका आधुनिक सुट र यससँग सम्बन्धित सबै प्रकारका आइटमहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताए । बागबजारको यस ब्राञ्चमार्फत नेपाली कपडा उत्पादनलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए ।

जस अन्र्तगत अल्लोका उत्पादनलाई विशेष जोड दिईने उनी बताउँछन् । ‘अल्लोबाट बन्ने सुट लगायतका सामानहरु उपलब्ध गराउने छौं ।’ कार्कीले भने, ‘यसबाहेक इटालियन, इन्डियन ब्राण्डका लुगाहरु सुटमालाले उपलब्ध गराउने छ ।’

सर्टिङ सुटिङमा एक दशक लामो अनुभब बटुलेका राज कार्कीले यो क्षेत्रमा नयाँ र फरक तरिकाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिनेछ । अर्डरका आधारमा काठमाडौं उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ । यस्तो विषम परिस्थीतिमा पनि आफूले नयाँ ब्राञ्च सूरु गर्दा युवा पुस्तालाई सकारात्मक सोच र उर्जा मिल्ने कुरामा विश्वास लिएको सञ्चालक कार्कीले बताए ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’, यादब देबकोटा ‘सरापे’, राजु कमेडी, सुरेश थापा ‘दर्शने’, दुर्गा विरही, कुमार कार्की, उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की लगायतको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट