जुत्ता उद्योगमा भीषण आगलागी, दमकल बिग्रिँदा ठूलो क्षति-Sutra News

जुत्ता उद्योगमा भीषण आगलागी, दमकल बिग्रिँदा ठूलो क्षति

बिहिबार, २० माघ २०७८

बिहिबार, २० माघ २०७८

झापाको मेचीनगरस्थित काँकडभिट्टाको एक जुत्ता उद्योगमा भीषण आगलागी भएको छ । केहीबेरअघिबाट सुरु भएको आगलागी अझै नियन्त्रण आएको छैन ।



मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रणमा लिन मुस्किल हुँदा ठूलो क्षति भएको अनुमान गरिएको छ ।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

यद्यपी आगलागी हुनुको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट