दार्चुलास्थित महाकालीमा पुल बनाउनेबारे नेपाल र भारतबीच सम्झौता-Sutra News

दार्चुलास्थित महाकालीमा पुल बनाउनेबारे नेपाल र भारतबीच सम्झौता

मंगलबार, १८ माघ २०७८

मंगलबार, १८ माघ २०७८

नेपाल र भारतलाई जोड्न दार्चुलास्थित महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित भारतीय रातदूतावासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राबीच पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । भारतले अनुदानमा बनाउन लागेको पुल निर्माणको जिम्मा भारतीय पक्षको हो ।

सचिव श्रेष्ठका अनुसार नेपालले जग्गा उपलब्ध गराउने, रुख काट्नु पर्ने भए त्यसको व्यवस्थापन मिलाउने लगायका काम मात्र गर्नुपर्नेछ छ ।

भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको उनले बताए । केही साता अघि बसेको भारतीय मन्त्रिपरिषद् बैठकले पुल बनाउने निर्णय गरेको थियो ।

भारतीय राजदूतावासले पुल निर्माणको कार्य चाँडै सुरु हुने विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट