अवैध मुद्रासहित पाकिस्तानी नागरिक विमानस्थलबाट पक्राउ-Sutra News

अवैध मुद्रासहित पाकिस्तानी नागरिक विमानस्थलबाट पक्राउ

सोमबार, १७ माघ २०७८

सोमबार, १७ माघ २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध मुद्रासहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय हाफिज आत्तिक्यू उर रेहमान छन् । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए । रेहमान म्यानपावर ब्यवसायी रहेको खुल्न आएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।



प्रहरीले आरोपीको साथबाट ४७ हजार १५० साउदी रियाल, ४ सय युएई दिराम, ओमानी रियाल ५ दशमलव ५ र एक सय भारतीय रुपैयाँ बरामद गरेको छ । रेहमानलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट