Logo

नेपाली बजारमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११



काठमाडौं । साओमीले बिहीवार नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा केही फरक विशेषतासहित आज ग्लोबल इडिशन सार्वजनिक हुन लागेको हो ।

फोरजी सपोर्ट गर्ने यो फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको फुलएचडी प्लस एमोलेड डिस्प्ले छ । १८० हर्जसम्मकाे टच स्याम्पलिङ रेट रहेको फोनको डिस्प्ले १००० निट्ससम्म उज्यालो हुने जनाइएको छ ।

 

स्न्यापड्रागन ६८० चिपसेटमा चल्ने फोनमा ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी गरी तीन भेरियन्ट छ ।

रेड्मी नोट ११ को ग्लोबल इडिशनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर र समान २ मेगा पिक्सेलका म्याक्रो र पोट्रेट लेन्स छन् ।

फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्न १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

लामो ब्याकअप प्रदान गर्नका लागि रेड्मी नोट ११ मा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले यूएसबी टाइप(सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरेको छ । टेकपाना

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०९:०९


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट