Logo

अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिने तयारी



अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढिरहेका बेला थेरापेउटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले १६ देखि १७ वर्षका व्यक्तिलाई फाइजरको बुस्टर डोजका लागि अनुमति दिएको हो  ।

अमेरिका, इजरायल र बेलायतले पनि सो उमेर  समूहका व्यक्तिलाई बुस्टर डोज दिइरहेका छन् ।

विश्वमा कोभिडविरुद्ध खोप लगाउने देशहरुको सूचीमा अस्ट्रेलिया अग्रपंक्तिमा पर्छ । अहिलेसम्म ९३ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् भने १८ वर्षमाथिका ३५ प्रतिशले बुस्टर डोज लगाएका छन् ।

सरकारले यसै महिनाको सुरुदेखि पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिसकेको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०७:३३


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट