Logo

क्यानले गर्यो क्रिकेट खेलाडीको बर्गीकरण, सन्दीपसहित पाँच जना ग्रेड ए मा



नेपाल क्रिकेट संघले खेलाडीको बर्गीकरण गरेको छ। बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ ।

पुरुष खेलाडीहरू तर्फ ग्रेड ए – सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी ग्रेड बि – कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी ग्रेड सी – कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ महिला खेलाडीहरू तर्फ ग्रेड ए – रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड बि – सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे ग्रेड सी-डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेको क्यानले जनाएको छ।

त्यस्तै बैठकले  चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ।

त्यस्तै क्यानको वार्षिक साधारण सभा आगामी  फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

क्यान

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार २१:१९


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट