Logo

बुधबार थपिए ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु



नेपालमा बुधबार ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोल……

देशभर गरिएको १३ हजार ५ सय ४९ पिसिआर  परिक्षणका क्रममा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० एन्टीजेन परिक्षणका क्रममा २ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३१ हजार ७ सय १२ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १९:५६


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट