Logo

राप्रपाले भन्योः निर्वाचन आयोगले प्रश्न उठाउनु संविधानको मर्म र भावनाविपरीत



राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने भएको छ । आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

राप्रपा पदाधिकारी बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने भएको छ ।

राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्रबारे पार्टीमा आन्तरिक छलफल गरी उपयुक्त समयमा जवाफ दिने बताएका थिए ।

निर्वाचन आयोगले नेपालको संविधानअनुसार राप्रपाको विधान बाझिएकाले विधानबाट हिन्दु राष्ट्र, राजसंस्था, चुनाव चिन्ह गाई हटाउन पत्राचार गरेको थियो ।

राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १६:०६


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट