Logo

मनाङमा दुई सय ६३ नयाँ मतदाता थपिए



हिमाली जिल्ला मनाङमा २ सय ६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानअन्तर्गत दुई सय ६३ जना नयाँ मतदाता थपिएका हुन् ।

कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो ।

त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासो गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो ।

निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको बताए ।

मनाङ ङिस्याङ गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासो गाउँपालिकाबाट २५ जना मतदाता थपिएका छन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दुई सय मतदाता थपिएका छन् ।

२०७७ चैतसम्म १८ वर्ष पुगेको मतदाता ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् ।

 

निर्वाचन

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १९:५३


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला