Logo

पर्यटन विकासलाई केन्द्रमा राखेर काम गर्न परिसंघको आग्रह



नेपाल उद्योग परिसंघले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवर्दधनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज भएको छलफलमा पश्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्म सहजपहुँच स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका लागि उनीसँग अनुरोध गरिएको हो ।

राष्ट्रको पर्यटन प्रवर्दधन हुनेगरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको प्रयास गर्न तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिका माध्यमबाट थप सबल बनाउनेतर्फ विशेष ध्यान दिन परिसंघले अनुरोध पनि गरेको छ ।

नेपाललाई विकासको पथमा अग्रसर गराउन गुणस्तरीय पूर्वाधार निर्माण पहिलो आवश्यकता भएकाले जलस्रोतसहित पर्यटन र सेवाका क्षेत्रमा अमेरिकी लगानी जुटाउन प्रयत्नका निम्ति पनि परिसंघले प्रस्तावित राजदूत खत्रीसमक्ष आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १५:५७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला