Logo

जोकोभिचद्वारा आइसोलेसन नियम उल्लघंन गरेको स्वीकार



सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकार गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममार्फत टेनिस स्टार जोकोभिचले पछिल्लो महिना कोभिड संक्रमित हुँदा आफूले आइसोलेसनको नियम उल्लंघन गरेको स्वीकार गरेका हुन् ।

उनी १६ डिसेम्बरमा कोभिड-१९ बाट संक्रमित भएका थिए । यस्तै, उनले कोभिड फारमसमेत गल्ती भरेको र अष्ट्रेलियामा पत्रकारलाई अन्तर्वार्ता दिएको बताएका छन् । उनले भनेका छन्, ‘म स्विकार गर्छु गलत जानकारी भरेको हो ।’

गत ६ जनवरीमा ग्रान्डस्लाम खेल्न अष्ट्रेलिया पुगेका ३४ वर्षीय जोकोभिचको स्थानीय सरकारले भिसा रद्द गरेको थियो । तर, सोमबार अदालतले सरकारको निर्णय खारेज गरेसँगै वर्षको पहिलो ग्रान्डस्लाम ओपन खेल्ने सम्भावना बलियो बनेको थियो ।

यी खेलाडीले हालसम्म आफूले कोरोनाविरुद्धको खोप लगाएको वा नलगाएको ठोस प्रमाणसमेत देखाएका छैनन् । जसका कारण यस विषयले अहिले ठूलो रुप लिएको छ र जोकोभिचले ग्रान्डस्लाम खेल्नेमा पनि द्विविधा बढाएको छ ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार १६:२२


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला