Logo

फेरी वैकल्पिक माध्यमबाट पढाई



शिक्षा मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । भौतिक उपस्थितिका कक्षा बन्द भए पनि अनलाइनलगायत वैकल्पिक माध्यमबाट सिकाइ अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

देशभरका आधारभूत र माध्यमिक विद्यालय (कक्षा १–१२) मा बिदा दिने निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । मन्त्रालयको निर्णयपछि सीटीईभीटीअन्तर्गतका कक्षा पनि पुस २७ (मंगलबार) देखि माघ १५ सम्म बन्द हुने भएका छन् ।

विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा तेस्रोपटक विद्यालय बन्द गरिएको हो । यसअघि शैक्षिकसत्र २०७६ अन्त्यमा विद्यालय बन्द भएका थिए । त्यसकारण २०७७ को शैक्षिकसत्र असारमा मात्रै सुरु गरिएको थियो । २०७७ माघदेखि कोरोना दोस्रो लहरका कारण विद्यालय पुन: बन्द रहे । यो अवधिमा पनि कतिपय स्थानीय तहले भने स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेका थिए । शैक्षिकसत्र २०७८ मा दसैं, तिहार र छठपछि मात्र पूर्णरूपमा विद्यालय खुलेका थिए ।

सरकारले साबिकमा चैतमा सकिने शैक्षिकसत्र आगामी वैशाखसम्म लम्ब्याउने तयारी गरिरहेका बेला पुन: पठनपाठन अवरुद्ध हुन पुगेको हो । त्यसले शैक्षिकसत्रबारे पुन: अन्योल सिर्जना गरेको शिक्षाकर्मीहरू बताउँछन् । यसअघि लडकाउन र विद्यालय बन्दका कारण परीक्षासमेत प्रभावित हुने गरेका थिए । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षासमेत तोकिएको समयमा सञ्चालन हुन सकेको थिएन । कक्षा १० र १२ को आन्तरिक मूल्यांकन र होम सेन्टरको व्यवस्था गरेर नतिजा प्रकाशित गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

 

अनलाइन क्लास

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार ०९:१७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला