Logo

पीएम कपः एपीएफको विजय सुरूवात



ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सोमबार सुरू भएको प्रतियोगिताको तेस्रो खेलमा जितका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जित पाएको हो ।

प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रन बनाए । यस्तै, मोहम्मद आदिल अलामले ३५ रन बनाउँदा सुरज पटेलले १५ तथा विवेक यादवले १३ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

एपीएफका कमल सिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २-२ विकेट लिँदा किशोर महतो र शरद भेषवाकरले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफका लागि प्रदीप ऐरी र आशिफले १२० रनको साझेदारी गरेपछि एपीएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो । आशिफले ६३ रन र प्रदीपले ६० रन बनाए । सन्दीप जोराले १७ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

प्रदेश २ का रुपेश सिंहले सर्वाधिक चार विकेट लिँदा विवेक यादवले एक विकेट लिए । जितसँगै समूह बीमा एपीएफले महत्वपूर्ण दुई अंक जोडेको छ ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १६:५४


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला