Logo

भीम रावलले भने – म टिका लगाएर उपाध्यक्ष खाने मान्छे हो र ?



नेकपा एमालेका नेता भीम रावलले आफू टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति नभएको बताएका छन् । बुधवार आफ्नो गृहजिल्ला अछाम पुगेर उनले यस्तो बताएका हुन् ।

उनले भर्खरै सम्पन्न दशौँ महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भइदिनुस् न त भन्दै आफूलाई अनुरोध गरेको समेत बताए ।

‘भीम रावल कसैको टिका लगाएर उपाध्यक्ष हुने मान्छे होइन,’ रावलले भने । उनले अध्यक्ष ओलीले उपाध्यक्ष नभएपनि केन्द्रीय सदस्यको सपथ लिन आग्रह गरेकोसमेत स्मरण गरे ।

‘चितवनको मंचमा बस्दा अध्यक्ष ओलीले उपाध्यक्ष भइदिनुस भन्नुभएको थियो, मैले उपाध्यक्ष होइन अध्यक्ष लड्ने हो भनें,’ रावलले भने, ‘त्यसपछि उहाँले उपाध्यक्ष त हुनुभएन, केन्द्रीय सदस्यको सपथ लिइदिनुस् भन्नुभयो । अनि अध्यक्ष लडेको व्यक्ति केन्द्रीय सदस्य हुँदैन भनेर मैले सपथ लिइन ।’

आफूबाहेक अन्य कुनै नेताले पाएको पद छोड्न नसक्ने रावलको आरोप थियो । ‘ल कसैले आफूलाई दिइएको पद छोड्छु भनोस् न,’ उनले भने, ‘भीम रावलले त्यो गरेर देखाइदियो । ममा आएको त्यो तागत कार्यकर्ताहरूका कारण हो ।’

 

भीम रावल

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १५:२२


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला