Logo

महिलालाई प्रभावमा पार्न पुरुषमा हुनुपर्छ यस्ता गुणहरू



महिलाहरु चाहन्छन् आफुले संगत गर्ने पुरुष संस्कारी र सहयोगी होस् । प्राय महिलाहरुले विश्वसिलो, इमान्दार र सहयोगी पुरुषसंग संगत गर्न चाहेका हुन्छन् । त्यति मात्रैले हुन्न महिलालाई प्रभाव पार्न कस्तो गुण हुनुपर्छ हेरौं ।

महिलालाई आदर गर्ने : हरेक महिलाहरु आफ्नो पुरुष साथीले आफ्नो आदर र इज्जत गरोस् भन्ने चाहन्छ । हेपेर बोल्ने र कुरा काट्ने पुरुष महिलालाई मन पर्दैन महिलाको इज्जत नगर्ने पुरुषहरुलाई उनीहरु मन पराउँदैनन् ।

साँचो माया गर्ने : ‘म तिमीलाई धेरै माया गर्छु’ भनेर मात्रै हुँदैन । व्यावहारिक रुपबाटै महिलाहरु कोमल हुने भए’काले पुरुषहरुबाट बढी मायाको अपेक्षा गर्छन् । उनीसँग संगै बसेर चिया पिउने, कस्तो छ भनेर सोध्नु, जन्मदिनको उपहार दिने जस्ता कार्यले महिलाहरु मख्ख पर्छन् ।

सुरक्षा दिने : महिलाहरुले आफ्नो पुरुष साथीप्रति चाहना राख्ने अर्को गुण उनीको सुरक्षा गर्न सक्नु । हरेक महिलाहरु आफ्नो पुरुष साथीबाट जुनसुकै अवस्थामा पनि आफू सुरक्षित छुँ भन्ने आभाष गर्न चाहन्छन् । व्यक्तिगत तथा सामाजिक दुवै रुपबाट पुरुषले महिलालाई सुरक्षा दिन सक्नुपर्छ । कुनै पुरुषबाट आफू असुरक्षित छुँ भन्ने लागेमा महिलाहरु त्यस्ता पुरुषको नजिक बस्न चाहदैनन् ।

धैर्यता : धैर्यवान पुरुषलाई महिलाहरु बढी मन पराउँछन् । यौन सम्पर्कको बेलामा मात्र होइन कि हरेक समयमा पुरुषहरुमा धैर्यता हुनु पर्छ । साना साना कुरामा आत्तिने, चिन्ता गर्ने, एउटै कुरालाई सोचेर बसिराख्ने पुरुष महिलाहरुले मनपराउदैनन् ।

नम्र एवं सहयोगी : घमण्डी तथा रिसाहा पुरुष महिलाहरुलाई मन पर्दैन । गम्भिर, नम्र र शान्त स्वभावका पुरुषहरु धेरै महिलाहरुले रुचाउँछन् । गफिएर बस्ने, हल्ला गर्ने एवं ठट्टा गर्ने पुरुषहरुलाई महिलाहरुले क्षणिक रुपमा मन पराए पनि लामो समय मन पराउदैनन् ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार २०:१०


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला