Logo

लिङ्देनको नेतृत्व थापाले अस्वीकार गरेपनि पशुपतिशमशेरलाई स्वीकार्य



राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधिको निर्णय आफूहरूलाई शिरोधार्य रहेको बताएका हुन् ।

महाधिवेशन उद्घाटन सत्रमा सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्दा निर्वाचनमा गएको भन्दै उनले निर्वाचनबाट आएको परिणाम आफूलाई स्वीकार्य रहेको बताए । साथै उनले अरू नेतालाई पनि परिणाम स्वीकार्न सुझाव दिए ।

नयाँ नेतृत्वले देश र जनताको हितमा काम गर्न सकोस् भन्दै उनले शुभकामना पनि दिए । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको महाधिवेशनले चयन गरेको पदाधिकारी र सदस्यले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने काम गर्न सक्नुपर्ने जबराको भनाइ छ । यसका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने विश्वास दिलाए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १७:२८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला