Logo

डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त



प्रदेश २ सरकारले मधेश सहिद प्रतिष्ठान गठन भएको डेढ वर्षपछि का पदाधिकारीहरुको नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई जना मधेश आन्दोलन र दुई जना सशस्त्र जनयुद्धको सहिद परिवारलाई नियुक्ति गरेका छन् ।

रौतहटबाट सुरेन्द्रकुमार जयसवाल र सप्तरीबाट कविताकुमारी ठाकुर, सर्लाहीबाट रामनरेश राय यादव र महोत्तरीबाट शिम्पीकुमारी साहलाई नियुक्त गरेको हो । बिहीबार नियुक्त गरिएका सबै जना सहिद परिवारको सदस्य हुन् ।

१८ माघ २०७६ साला प्रदेश सरकारले मधेश सहिद प्रतिष्ठान गठन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सरकारले पहिला मधेश आन्दोलनको सहिदलाई मात्र सदस्यमा राख्ने व्यवस्था गरे पनि पछि माओवादी केन्द्र सरकारमा सहभागी भएपछि  सरकारले उक्त निर्देशिकालाई संशोधन गरी जनयुद्धको सहिद परिवारलाई पनि समावेश गरेको हो ।

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १७:५५

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल