Logo

फ्रान्सबाट यूकेतिर तस्करी गरी लगिएका आप्रवासी चढेको डुङ्गा डुब्दा २७ जनाको मृत्यु



यूके प्रवेश गर्न चाहने आप्रवासीहरू बोकेको एउटा डुङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार उक्त दुर्घटना सन् २०१४ मा उसले अभिलेख राख्न थालेयता इङ्ग्लिश च्यानलमा भएको सबैभन्दा घातक हो।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू “उद्विग्न” भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

फ्रान्सका गृहमन्त्रीले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताएका छन्।

जेराल्ड डार्मानँले दुई जनाको उद्धार गरिएको र एक जना अझै हराइरहेको बताएका छन्। बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको थियो। डुबेको डुङ्गामा ३४ यात्रु सवार थिए।

बेल्जियमको सीमानजिकै चार व्यक्तिलाई गिरफ्तार गरिएको बताउँदै गृहमन्त्री डार्मानँले भने, “उनीहरूको तस्करी गर्ने यो समूहसँग सीधा सम्बन्ध भएको हाम्रो शङ्का छ।”

पाँचौँ सन्दिग्ध व्यक्ति पनि पक्राउ परेका छन्। बीबीसी

 

डुंगा दुर्घटना

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १७:२३

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल