Logo

७औं उद्योग दिवसको अवसरमा सातै प्रदेशका उद्योगी सम्मानित



सरकारले ७औं उद्योग दिवसको अवसरमा सातै प्रदेशका उद्योगीहरुलाइृ सम्मान गरेको छ । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगीक पुनरुत्थान नारा दिएर उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको उद्योग दिवसमा ७ प्रदेशका ७ उद्यमीहरुलाई सम्मान गरेको हो ।

सरकारले लघु तथा घरेलु उद्यमीहरु प्रोत्साहन गर्ने उदेश्यले उद्योग दिवस मनाउने र उद्योगीलाई सम्मान गर्दै आएको जनाएको छ ।

सम्मानित हुनेहरुमा प्रदेश नम्बर १ बाट धनकुटाकी पुष्पादेवी लिम्बु, प्रदेश नम्बर २ बाट सिराहाकी पार्वतीकुमारी चौधरी र बागमती प्रदेशबाट चितवनकी बुद्धिमाया घले रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट तनहुँका मोहनकुमार सुनार, लुम्बिनी प्रदेशबाट नवलपरासीकी कल्पीकुमारी चौधरी, कर्णाली प्रदेशबाट सुर्खेतका ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट बाजुराका अम्बरबहादुर खड्का पनि सम्मानित भएका छन् ।

उद्योग दिवस मनाइरहँदा कार्यक्रममा सहभागीले महिला उद्यमी र लघु घरेलु उद्यमीले सरकारले भने जस्तो सहजै कर्जा सुविधा नपाएको गुनासो गरेका छन् ।

घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले राष्ट्र बैंकको नीति निर्देशन भएपनि बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नदिएकोमा गुनासो गरे ।

उनले महासंघको तथ्यांकमा २ लाख ४७ हजार घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको भएपनि १ हजारले मात्रै बैंक तथा वित्तीय संस्थाहरुबाट कजाको सुविधा उपभोग गर्न पाएको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १६:४८

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल