Logo

राप्रपा महाधिवेशन- राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दिने घोषणा  



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको सहकार्यमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का एक मात्र सांसद लिङ्देनले पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताए । राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताए ।

उनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका छन् । राप्रपाको समाप्ति रोज्नु कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताए ।  आफूले  यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुने र अध्यक्षहरु पनि समाप्त हुने बताए ।   लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताएका छन् ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा आफू अगाडि बढेको लिङ्देनको भनाइ थियो । आफूहरूले अहिलेसम्म अध्यक्षत्रयको आदेश मानेको तर अब आफै अगाडि बढ्नुपर्ने अवस्था आइलागेको उनले स्पष्ट पारे । त्यस्तै पार्टीको वर्तमान नेतृत्वलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गर्न र अभिभावकीय भूमिकामा रहन पनि लिङ्देनले आग्रह गरे । पार्टीमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने लिङ्देनको भनाइ छ ।

त्यस्तै सोही कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पार्टीमा आफू भन्दा सक्षम लिङ्देन रहेकाले आफू एक कदम पछि हटेर लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको जानकारी दिए ।

हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा‍. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष रहेका छन् । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ भने अन्य दुई अध्यक्ष मौन बसेका छन् । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

राप्रपा महाधिवेशन

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:२७

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल