Logo

द ब्रिटिस कलेजको ७औं दीक्षान्त समारोह सम्पन्न, ४ सय बढी विद्यार्थी दीक्षित



द ब्रिटिस कलेज (टीबीसी) को सातौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ वेस्ट इङ्ल्याण्ड (यूडब्लूई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कोरोना महामारीका कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै कार्यक्रम आयोजना गरिएको हो ।

समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी जम्मा ४ सय १९ जना विद्यार्थीहरू दीक्षित भएको कलेजले जनाएको छ ।

कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजका सल्लाहकारहरू जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोनलगायतले दीक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १४:४१

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल