Logo

सुनको मूल्य निरन्तर ओरालो, अब प्रतितोला कतिमा पाइएला ?



नेपाली बजारमा केहि दिन यता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । ३ दिन अघि एकैपटक प्रतितोला १६ सय रुपैयाँले घटेको सुनको मूल्य त्यसयता घट्दै आएको छ ।

बुधबार ५ सय रुपैयाँले घटेको सुन आज विहिबार पनि थप १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १३:०४

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल